२० कार्तिक २०७७, बिहीबार

पेरिस सम्झौताबाट अमेरिका बाहिरिएकोमा राष्ट्रसंघद्धारा दुःख व्यक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार प्रवास
2.4kViews
1394 Shares

काठमाडौँ । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख व्यक्त गरेका बताइएको छ ।

अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए । अमेरिकाले गत वर्षदेखि उक्त सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेको थियो र सो अभियानबाट बुधबार औपचारिक रुपमा बाहिरिएको हो ।

यो पनि पढ्नुहोस् ...  खोपको बिकास नगरि संसारलाई पहिलेकै शैलीमा फर्काउन नहुने बिल गेट्सको चेतावनी

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ गरेको थियो र सोही बमोजिम नै बुधबार बाहिरिएको हो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँगै अमेरिकाले पनि सम्झौता गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउनेमा थाइल्याण्डको विश्वास

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सो सम्झौताबाट बाहिरिएकोमा राष्ट्रसंघले दुःख व्यक्त गरेको बताइएको छ । यसअघि पनि सन् २०१५ देखि नै अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिनुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  विधान सभा निर्वाचनमा यसपछि नलड्ने नितिश कुमारको घोषणा

उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरेको भए पनि नमानेको र अन्ततः बाहिरिएको भन्दै त्यसप्रति युरोपेली देशहरुले दुःख व्यक्त गरेका हुन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार