२० कार्तिक २०७७, बिहीबार

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिले दिए राजिनामा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार विश्व
2.8kViews
1665 Shares

कोसोभो । युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । उहाँमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उहाँले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो ।

यो पनि पढ्नुहोस् ...  चीनकी महिलाले स्विकारिन ‘बर्थ टुरिजम’ स्किम चलाएको आरोप

हालैमात्र उहाँका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा दायर भएको थियो । त्यसपछि उहाँले राजीनामा दिनुभएको हो । सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उहाँ शक्तिमा रहेका बेला युद्धअपराध गरेको आरोप छ ।

आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि आफूले राजीनामा दिएको तर आफूले कुनै गल्ती नगरेको उहाँले सो राजीनामा पत्रमा जनाउनुभएको छ ।

यो पनि पढ्नुहोस् ...  अमेरिकामा एकै दिन ३३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उहाँ कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुखका रुपमा काम गर्नुभएको थियो । उहाँको आदेशमा ती विद्रोहीहरुले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ ।

यो पनि पढ्नुहोस् ...  विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार