सामुहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार

सप्तरी । सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ ।

राजविराजबाट विजुलीबत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै २६ वर्षीया पीडितले मण्डलसहित सोही ठाउँका तीन जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई पक्राउ गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

आरोपितहरुले करकापमा पारी आँप बगैचामा गत आइतबार सामूहिक बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पीडितको सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार