अर्नब गोस्वामी न्यायिक हिरासतमा

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार प्रवास

नयाँ दिल्ली । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ ।
बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य दुई जनालाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिनुभएको छ । सो निवेदनमाथि बिहीबार सुनुवाई हुने सम्भावना रहेको छ ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उहाँकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गोस्वामीलाई भादंविको धारा ३०६ को खण्ड ३४ अन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको हो ।

रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उहाँकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो भने उहाँलाई बुधबार रातभर कोभिड–१९ परीक्षण रिपोर्ट नआउँदासम्म जेलद्वारा कोभिड–१९ विरामीलाई राख्न बनाईएको केन्द्रमा नै राखिएको थियो ।

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उहाँकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए ।
त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार