२० कार्तिक २०७७, बिहीबार

काठमाडौँबाट चरेशसहित ४ जना पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार ३ नं. प्रदेश
2.2kViews
1319 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौँको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ गुर्जुधारा बस्ने १७ वर्षीय किशोर लामा, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई काठमाडौँ तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरेरै छाड्छौ:सञ्चारमन्त्री बास्कोटा

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको चरेशसहित उनीलाई पक्राउ हो । अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ ।

बैंकिङ कसुर मुद्धाका फरार पक्राउ

यो पनि पढ्नुहोस् ...  वाग्मती प्रदेश सरकारद्धारा पहिलो पटक प्रदेश शिक्षा नीतिको मस्यौदा तयार

यसैबीच बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पर्सा वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्यनाराणप्रसाद रौनियारलाई काठमाडौँ रातोपुलबाट प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूरअन्तर्गत छुट्टाछुट्टै दुई मुद्धामा उच्च अदालत पाटनको विसं २०७५ चैत १० र विसं २०७६ फागुन २७ को फैसलाले ४५ दिन कैद र रु ७० लाख जरिवाना ठहर भई उनी फरार भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी फैसला कार्यानवयनका लागि आज जिल्ला अदालत पर्सामा पठाइएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

खातामा रकम नभएको जानीजानी उनले रु ७० लाखको चेक काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार