२० कार्तिक २०७७, बिहीबार

पहिरामा पाँच सदस्य गुमाउनेका परिवारलाई सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार
2.4kViews
1592 Shares

तनहुँ । तनहुँको ऋषिङ गाँउपालिका–८ भैसीकिलेमा गत असार २८ गते पहिरामा परेर निधन भएका पाँच जनाको परिवारलाई तनहुँ समाज हङकङले करिब रु साढे दुई लाख सहयोग गरेको छ ।

तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित परिवारकै घरमा पुगी रु दुई लाख ४४ हजार एक सय ५० हस्तान्तरण गर्नुभएको हो । घटना लगत्तै समाजले रु २० हजार सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  सरकारको दाबीमा सत्यता छैन, नेपालमा पनि संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित

उक्त रकम अनबहादुर थापालाई हस्तान्तरण गरिएको छ । पहिराले पुरिएर अनबहादुरका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी पाँच वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो ।

ऋषिङ पल्टयाङ स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आएका लालबहादुर थापाको संयोजकत्वमा विभिन्न सिलसिलमा हङकङ पुगेका नेपालीहरुबाट सङ्कलित उक्त रकम ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  ज्ञानेन्द्र शाहीकै आन्दोलनमा लागेका युवाहरुले शाही बिरुद्ध मुर्दावादको नारा

घटनाका पीडितलाई सहयोग गर्न तनहुँ समाज हङकङमा अनुरोध पत्र प्राप्त भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरी तनहुुँ साथै अन्य जिल्लाका समेत गरी ५६ जना नेपालीहरुको सहयोगबाट सो रकम सङ्कलन भएको रकम सङ्कलन अभियानका संयोजक लालबहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  अब पीसीआर सुल्क मात्र दुई हजार

रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । समाजका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले तनहुँमा विगतदेखि नै विभिन्न दुःख, पीडा पर्दा समाजले साथ दिइरहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरो पीडितका लागि पालिकाले जग्गा प्रदान गरी र विभिन्न सङ्घसंस्थाको सहयोगले घर निर्माण गर्न सकिएको जानकारी दिनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार