२० कार्तिक २०७७, बिहीबार

कोटेश्वरदेखि खुमलटारसम्मका कुनै प्रयास सफल हुँदैनन् : प्रधानमन्त्री ओली

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार
2.4kViews
1241 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहँदा बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा पनि यो विषयले प्रवेश पायो । बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी विवादबारे आधिकारिक रुपमा मुख नै खोलेनन् ।

तर, उनले खुमलटार र कोटेश्वर केन्द्रीत भएर विभिन्न विषयहरु उजागर गरे । बैठकमा सहभागी एक मन्त्रीका अनुसार उनले खुमलटार र कोटेश्वरमा भइरहेका विभिन्न प्रयासहरु सफल नहुने उल्लेख गरेका थिए । ८ वैशाखमा सत्तारुढ दलका अध्यक्ष समेत रहेका ओलीले पार्टी फुटाउने अध्यादेश ल्याउन खोजेसँगै विकसित भएको आन्तरिक विवाद किनारा लागेको छैन् ।

यो पनि पढ्नुहोस् ...  मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको प्रधानमन्त्रीको निष्कर्ष

२५ असारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले जस्तोसुकै अवस्थाको सामना गर्न तयार रहन मन्त्रीहरुलाई भनेका थिए । बिहीबारको बैठकमा पनि ओली सोही दिनको शैलीमा उपस्थित भएको ती मन्त्रीले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

यो पनि पढ्नुस्

बालुवाटारमा ओलीलाई प्रचण्डले भने, ‘एक्लाएक्लै सल्लाहको औचित्य छैन, बैठकमै छलफल गरौँ’

पार्टीका अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसँग ओलीले अब अलग–अलग भएर अघि बढ्न प्रस्ताव राखेसँग विवाद झन उत्कर्षमा पुुगेको हो । विभिन्न राजनीतिक तथा उच्च पदस्त नियुक्तिमा एकलौटी गर्दै आएको आरोप खेपेका ओलीसँग भारतीय गुप्चर संस्था रअ का प्रमुखसँगको रातारात भएको भेटघाटपछि प्रचण्ड सशंकित भएका थियो । दु्ई दिन गुपचुप राखेर सार्वजनिक भएको यो विषयले निम्त्याएको विवाद अन्त्य नहुँदै बसेको आजको बैठकमा ओलीले पार्टीभित्रबाटै आफूूलाई निरन्तर असहयोग भइरहेको भनाई राखेका थिए ।

यो पनि पढ्नुहोस् ...  अमेरिकालाई चीनको भेन्टिलेटर सहयोग

ओलीको भनाई उदृत गर्दै ती मन्त्री भन्छन्, ‘डे १ देखि नै हामीलाई पार्टी भित्रबाटै असहयोग हुँदै आएको छ । म जस्तोसुकै निर्णय पनि लिन सक्छु । मलाई पार्टीबाट असहयोग हुनु भनेको तपाईंहरु (मन्त्रिपरिषद सदस्य) लाई पनि असहयोग हो ।’

यो पनि पढ्नुहोस् ...  राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

साथै ओलीले कोटेश्वर देखि खुमलटार सम्म भएका विभिन्न प्रयासहरु असफल हुने बैठकमा बताएका थिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार