२० कार्तिक २०७७, बिहीबार

गुल्मीमा बढ्दै चोरिका घटना, स्थानीय त्रसित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार ५ नं. प्रदेश
1.9kViews
1555 Shares

मनोज कार्की/ गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ सिमलटारी वडा कार्यालय र सोमबार राति तोडफोड गरि कार्यलयको ल्यापटप चोरि भएको छ ।

आइतबार वडाको कार्यालय बन्द गरि घरमा गएको समयमा अज्ञात समूहले राती वडा कार्यालयको ढोका तोडफोड गरि कार्यालयको १ ल्यापटप चोरि गरेको वडा अध्यक्ष टिका बहादुर जिसिले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  डाँडापारिको मिल्चे धाप्लेमा १९ फिट अग्लो शाक्यमुनि बुद्धको मुर्ति, सांसद लामाले गरे उद्घाटन

यसरी वडा कार्यालयहरुमा घटेका घटनाले जनता र आफुहरु त्रसित बनेको वडा अध्यक्ष जिसिले उज्यालो नेटवर्कसँग भने ।

सोमबार कार्यालय समयमा कार्यलय सहयोगि तुल्सा रानाले वडा कार्यालय खोल्दा कार्यालयको ताला फोरीएको देखेपछि वडा अध्यक्ष खबर गरी अध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  सिरहामा ६० घर परिवारलाई राहत वितरण

चोरि घटनाको खबर प्राप्त भएपछि मर्भुङ्ग प्रहरी टोली वडा कार्यालयमा पुगि घटनाको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

घमिरको भानुपोखरा बजार नजिकै चोरीको घटना हुदाँ स्थानीय बासिमा त्रास फैलिएको छ । यसअघि २०७६ साल पुस ९ गते घमिरकै वडा कार्यालय तोडफोड गरिएको थियो भने माघ ८ गते भानुपोखरा बजारमा रहेको देबिस्थान मोबाईल पसल पनि चोरी भएको थियो ।

यो पनि पढ्नुहोस् ...  राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

पछिल्लो समय वडा कार्यालय देखि विभिन्न स्थानमा चोरीका घटना घटिरहेका छन् ।

पछिल्लो समय मालिका गाउँपालिका वडा तथा पसलहरुमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार