२० कार्तिक २०७७, बिहीबार

दुई लाखसहित ७ जुवाडे पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार
2.0kViews
1740 Shares

तनहुँ । तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

यो पनि पढ्नुहोस् ...  खतिवडा शृङ्खला,राजतन्त्रदेखि गणतन्त्रसम्म हालिमुहाली

जुवाडेको साथबाट रु एक लाख ९७ हजार ९५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  नारायणी नदिमा मिनी पानीजहाजको सफल परिक्षण,भ्रमण वर्षको सुरुवातमै सञ्चालनमा ल्याइने

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र पर्वत जिल्लाको बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएका: मुख्यमन्त्री राई

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार