२० कार्तिक २०७७, बिहीबार

ट्रम्प र बाइडेनबीच कडा टक्कर

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार विश्व
2.9kViews
1407 Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा मतगणना अहिले पनि जारी छ । डोनल्ड ट्रम्पले महत्वपूर्ण राज्य फ्लोरिडा, ओहायो र टेक्ससमा जीत हासिल गरेको कुरा आइरहेको छ तर अबको चार वर्षसम्म राष्ट्रपति बन्नका लागि थप राज्यमा जित्नुपर्नेछ ।

अर्कोतर्फ डेमोक्रेटिक पार्टीका जो बाइडन पनि जीततर्फ लम्किरहेका छन् तर उनका लागि पनि सबैकुरा सुनिश्चित भइसकेको छैन ।

ती राज्य जहाँको नतिजा आउनै बाँकी छः

अरिजोनाः

पारम्परिक रुपमा यहाँ रिपब्लिकन पार्टीले जीत हाँसिल गर्ने गरेको छ तर यो वर्ष यहाँको तस्बिर केही भिन्न छ । यहाँ ८६ प्रतिशत भोटको गन्ती भइसकेको छ र यसमा बाइडन अघि बढिरहेका छन् । अमेरिकाका केही नेटवर्कमा बाइडनको जीतको कुरा गरिँदैछ तर हामी सबै अन्तिम नतिजाको प्रतिक्षा गरिरहेका छौं ।

यो पनि पढ्नुहोस् ...  चीन-अमेरिकाबिचको तनाव चरम सीमामा, के- के हुन कारण ?

जर्जियाः

यो राज्य पनि पारम्परिक रुपमा रिपब्लिक पार्टीकै रहेको छ तर यो वर्ष यहाँ निकै ठूलो टक्कर छ । ट्रम्प यहाँ निकै थोरै मतले अघि बढिरहेका छन् तर अटलान्टा र वरिपरिको इलाकाको गन्ती अहिले पनि बाँकी नै छ ।

उत्तरी क्यारोलाइनाः

यसको पहिचान स्विंग स्टेटको रुपमा हो । अर्थात्, यहाँ दुबै पार्टीले जीत हासिल गर्ने गरेका छन् । ९५ प्रतिशत भोट गन्ती भइसकेको छ र ट्रम्प ५०.१ प्रतिशतले अघि बढिरहेका छन् जबकि बाइडनको हिस्सामा ४८.७ प्रतिशत मत खसेको छ ।

यो पनि पढ्नुहोस् ...  साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई स्वागत गर्ने घोषणा

नेवाडाः

बाइडनले यहाँ कडा चुनौती पाएका छन् जबकी यो आशा गरेभन्दा विपरित हो । अहिले पनि यहाँ उनी निकै थोरै मतले अघि छन् ।

विसकन्सिनः

सन् २०१६ मा ट्रम्पको जीत अघि यहाँ दुई दशकदेखि डेमोक्रेटिक पार्टीले जीत हासिल गरिरहेको छ । यहाँ लगभग मतको गन्ती भइसकेको छ र बाइडन निकै कम अन्तरले अघि छन् । तर ट्रम्पको खेमाले यहाँ पुनः मतगणनाको माग गरिरहेका छन् ।

मिशिगनः

यहाँ पनि निकै कडा प्रतिस्पर्धा छ । बाइडन यहाँ पनि निकै कम अन्तरले अघि बढिरहेका छन् तर अहिले मतगणना पूरा भइसकेको छैन ।

पेन्सिल्वेनियाः

यहाँ इलेक्टोरल कलेजका २० भोट छन् र यो हिसाबले यो निकै महत्वपूर्ण छ । यहाँ ट्रम्प अघि छन् तर मतगणना अहिले नै पूरा भइसकेको छैन । पोस्टल ब्यालेटको गन्ती अहिले पनि बाँकी छ ।

यो पनि पढ्नुहोस् ...  विश्वभर कोरोना संक्रमणबाट ९ लाख ३२ हजार बढीको ज्यान गयो

बाँकी राज्यको नतिजा कहिले?

नतिजा आउन बाँकी रहेका राज्यहरूको अवस्था यस्तो छ:

नोभेम्बर ४ बुधवार (नेपाली समयानुसार बिहीवार बिहानसम्म) नतिजा आउने अपेक्षा गरिएका: विस्कन्सिन (१० इलेक्टरल मत), मिशिगन (१६), जोर्जा (१६) र एरिजोना (११)नोभेम्बर ६ शुक्रवारसम्म नतिजा आउने अपेक्षा गरिएको: पेन्सल्भेनिया (२०)नोभेम्बर १० मङ्गलवारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेका: नेभाडा (४) र अलास्का (३)नोभेम्बर १२ बिहीवारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेको: नोर्थ क्यारलाइना (१५)

बीबीसी

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार