‘प्रचण्डले पार्टी फुटाउँछन भन्नेहरु अल्पज्ञानी तथा पूर्वाग्रही आँखा भएकाहरू हुन्’

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार मुख्य नेटवर्क

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य युवराज दुलाल शरदले नेपाली कम्युनिष्ट आन्दोलनको एकताको पगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शीरमा रहने टिप्पणी गरेका छन् ।

पार्टीभित्र बढ्दै गइरहेको आन्तरिक खिचातानीकाबीच दुलालले सामाजिक सञ्जालमार्फत आफ्नो टिप्पणी प्रस्तुत गरेका हुन् । विवादकाबीच प्रधानमन्त्री ओलीले पार्टी फुटाएर अघि बढ्ने बताएसँगै विवाद उत्कर्षमा पुगेको छ ।

बागमती प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहेका दुलालले प्रचण्डले पार्टी फुटाउँछन् भन्नेहरु नेपाली कम्युनिष्ट आन्दोलनको एकता र बिभाजनको इतिहास र कम्युनिष्ट आन्दोलनले विकास गरेका नेपाली नेतृत्वका प्रबृत्तिका बारेमा अल्पज्ञानी तथा पूर्वाग्रही आँखा भएकाहरू हुन भनेका छन् ।

आजै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपाका नेता पृथ्वी सुब्बा गुरुङले ‘पार्टी फुटे प्रचण्डको कारण फुट्छ’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि नेता दुलालको यो प्रतिक्रिया आएको हो ।

‘क. प्रचण्डले पार्टी फुटाउछन् भन्नेहरु नेपाली कम्युनिष्ट आन्दोलनको एकता र बिभाजनको इतिहास र कम्युनिष्ट आन्दोलनले विकास गरेका नेपाली नेतृत्वका प्रबृत्तिका बारेमा अल्पज्ञानी तथा पूर्वाग्रही आँखा भएकाहरू हुन् ।’ उनले भनेका छन्, ‘पर्खेर हेरौं, नेपालको क्रान्ति (राजनीतिक परिवर्तन) र नेपाली कम्युनिष्ट आन्दोलनको एकताको पगरी कमरेड प्रचण्डको शीरमा रहनेछ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार