१९ कार्तिक २०७७, बुधबार

पानी रोक्न बनाइएको ड्याम गुणस्तरहीन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार समाचार
2.0kViews
1019 Shares

गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पानी रोक्न बनाइएको ड्याम गुणस्तरहीन हुँदा चुहिएको छ । माथिबाट आएको पानी छेकी ताल बनाउने उदेश्यले गत आर्थिक वर्षमा रेसुङ्गा पोखरी नजिकै ड्यामको निर्माण गरिएको थियो तर ड्यामको मुनिपट्टी र छेउबाट समेत पानी चुहिएर बाहिर गएपछि ड्याम अर्थहीन जस्तै भएको छ ।

गत आवमा लुम्बिनी प्रदेश सरकारबाट डिभिजन वन कार्यालयमार्फत काम हुने गरी रेसुङ्गा क्षेत्रलाई रु एक करोड बिनियोजन भयो । सो रकममध्ये जङ्गलको बीच भागदेखि यज्ञशालासम्म सिँढी निर्माणका लागि रु ८० लाख र ड्याम निर्माणका लागि रु २० लाख विनियोजन भयो । रु ८० लाखमध्ये हाल सिढी निर्माणको काम पूरा भई बचेको रकमबाट मन्दिर निर्माण गर्न शुरु गरिएको छ तर रु २० लाखबाट निर्माण भएको ड्याम भने गुणस्तरहीन हुँदा पानी चुहिएर नअडिने भएको छ ।

यो पनि पढ्नुहोस् ...  कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

पोखरीनजिकै माथिबाट आएको पानी रोक्ने उदेश्यले ड्याम निर्माण गरिएको थियो । वन कार्यालयको लागत अनुमानअनुसार रु २० लाखमा तीनओटा ड्याम, पोखरीमा जाने सिँढी र गौमुखी धाराको संरक्षणको काम गर्नुपर्ने भएपनि त्यसमध्येबाट एउटा ड्यामको स्टिमेट नै हटाइएको थियो । अहिले १५० मिटरको दुरीमा दुई ड्याम निर्माण गरिएको छ । ती ड्यामले पानी नरोक्दा आलोचना शुरु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  आजदेखि चार दिन लगातार भारी वर्षा,सरकार उच्च सावधानीमा

डिभिजन वन कार्यालयले कार्यक्षेत्रभन्दा बाहिरको सामुदायिक वनलाई काम गर्न दिएर तालको डिजाइन नै बिगारेको उहाँको आरोप छ । रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले पोखरीको गेटमा अहिले बनाइएका सिँढीको कुनै अर्थ नभएको बताउनुभयो ।
डिभिजन वन कार्यालयले शुरुमा रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिसँग कामको सम्झौता ग¥यो । उपभोक्ता समितिले स्थानीय राजन काउछालाई कामको जिम्मेवारी दिएको थियो । काउछाले फेरि दिपेश अर्याललाई ठेक्कामा दिनुभएको थियो । अर्यालले भने अनुसारको काम नगरेपछि अन्तिममा जीतबहादुर गुरुङमार्फत काम सम्पन्न गरिएको छ । सरकारबाट बिनियोजन भएको रकममा रु तीन लाख २४ हजार ९२२ श्रमदान गर्नुपर्ने थियो तर उक्त श्रमदान भने भएको छैन ।

यो पनि पढ्नुहोस् ...  त्रिभुवन विमानस्थल सञ्चालन योग्य

ड्यामको लागि कार्यालयबाट रु १२ लाख ६७ हजार ६५४ भुक्तानी भएको छ । काम गुणस्तरहीन भएपछि डिभिजन वन कार्यालयले अहिले फरक तर्क गर्ने गरेको छ । कार्यालयका प्रमुख प्रभात सापकोटाले ड्यामले पानी रोक्न नभई ढल छेक्ने काम गर्ने बताउनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार