१९ कार्तिक २०७७, बुधबार

गाउँपालिकाको भवन शिलान्यास

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार गण्डकी प्रदेश
2.8kViews
1434 Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले क्व्होलोसोथर गाउँपालिकाको वडा नम्बर दुईमा प्रशासकीय भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशमा पालिकाको भवन नहुँदा विभिन्न समस्या भइरहेकाले विभिन्न पालिकाहरुको भवन निर्माणमा प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेश सरकार सधंै भौतिक पूर्वाधार विकासमा प्रतिवद्धता रहेको समेत उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञान महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाको प्रशासकीय भवन नहुँदा विभिन्न समस्या झेल्दै आएपनि भवन निर्माणसँगै नागरिकलाई समेत थप सहज रुपमा सेवा दिन सकिने बताउनुभयो । वडाध्यक्ष बुद्धि गुरुङले तीन आना निशुल्क जग्गा दान र गाउँपालिकाले १० लाख रुपैयाँमा खरिद गरेको गरी तीन रोपनी जग्गामा तीन तले पक्की भवनमा ३६ कोठे भवन निर्माण हुन लागेको छ । गाउँपालिकाका अनुसार चार करोड १९ लाख ७४ हजार रुपैयाँमा गाउँपालिकाको भवन निर्माण हुने भएको छ । यस भवन निर्माणका लागि प्रदेश सरकारको साँढे एक करोड र गाउँपालिकाको रु ७४ लाख रुपैयाँ छुटयाइएको छ । अपुग रकम प्रदेश सरकार र गाउँपालिकाले थप्दै जाने भएको छ । यस भवन निर्माणको जिम्मा रविना–अविसा–विकन– जेभी काठमाडौँले लिएको छ । विसं. २०७९ असोजसम्म भवन निर्माण सक्ने सम्झौता भएको छ ।

यो पनि पढ्नुहोस् ...  राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्री गुरुङको आग्रह

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार