१९ कार्तिक २०७७, बुधबार

पोजिटिभलाई परामर्श दिनुपर्ने : प्रहरीले कोभिड अस्पताल बनाउने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार कोरोना [Covid-19] विशेष
2.0kViews
1708 Shares

काठमाडौँ । देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३०४ रहेका छन् । प्रवक्ता डा जागेश्वर गौतमले आज सङ्क्रमणमुक्त भएका तीन हजार ८४४ समेत गरी आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको जानकारी दिनुभयो । आजसम्म निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज एक हजार ८७८ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा एक हजार ५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार १४१ पुरुष र ७३७ महिला छन् । उपत्यकाकाका काठमाडौँमा १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ र भक्तपुरमा एक हजार ११४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ९३१, ललितपुरमा दुई हजार २४५ र भक्तपुरमा एक हजार ७३० छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार १४४ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ९४ हजार १२२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५१ हजार २०२ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । क्वारेन्टिननमा रहेकाको सङ्ख्या एक हजार ३०५ छ ।

यो पनि पढ्नुहोस् ...  गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण

सक्रिय सङ्क्रमितमध्ये हाल ३० हजार १३१ होम आइसोलेशन र छ हजार ७८० संस्थागत आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा पाँच हजार ३०९, प्रदेश नं २ मा एक हजार ११, वाग्मतीमा १८ हजार ४३, गण्डकीमा एक हजार ७१०, लुम्बिनीमा दुई हजार ७३८, कर्णालीमा २७० र सुदूरपश्चिम प्रदेशमा ९८० रहेको छ । त्यस्तै संस्थागत आइसोलेशनतर्फ प्रदेश १ मा ११२, प्रदेश २ मा ३८, वाग्मतीमा पाँच हजार १८५, गण्डकीमा ८९५, लुम्बिनीमा ४४९, कर्णालीमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ ।
देशभरमा आज ३७९ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ सङ्क्रमित आइसियूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

यो पनि पढ्नुहोस् ...  पूर्वअध्यक्षको कोरोनाबाट निधन

यसैबीच सरकारले नेपाल प्रहरी अस्पतालले तीन सय शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ । घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन डा गौतमले अनुरोध गर्नुभयो । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उहाँले आग्रह गर्नुभयो ।

१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुईमा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

यो पनि पढ्नुहोस् ...  विश्वभर कोरोना संक्रमणबाट १२ लाख ५० हजार भन्दा बढीको मृत्‍यु

थप ३० को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ ।

जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो ।

प्रदेश नं १ मा ३०४ थप
विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३०४ कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा गरिएको एक हजार १९८ जनाको पिसिआर परीक्षणमा १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मोरङमा १५५मध्ये विराटनगरमा १११, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुईदुई र प्रदेश बाहिरका सात जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २० हजार ४०१ पुगेको छ ।
प्रदेशमा आज ४२२ सङ्क्रमित निको भएका छन् । त्यस्ताको सङ्ख्या अहिलेसम्म १२ हजार १०१ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ६४ हजार ६४० जनाको पिसिआर परीक्षण गरिएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार