१९ कार्तिक २०७७, बुधबार

हालसम्म १ लाख ४४ हजार ९ सय ७८ जनाले जिते कोरोना

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार कोरोना [Covid-19] विशेष
2.8kViews
1138 Shares

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर अहिलेसम्म कै धेरै अर्थात थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत

काठमाडौँ उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार ५७० जना, भक्तपुरमा ११९ जना र ललितपुररमा १८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट वडा सदस्य पाण्डेको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १ सय ४२ जनाको पीसीआर परीक्षणका क्रममा थप ३ हजार ३ सय ९ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ सय पुगेको र सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित थपिए

क्यारेनटिनमा १ हजार ३ सय ५ जना छन् । त्यस्तै होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० जना रहेका छन् ।

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार