उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार कोरोना [Covid-19] विशेष

काठमाडौ । काठमाडौँ उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार ५७० जना, भक्तपुरमा ११९ जना र ललितपुररमा १८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १ सय ४२ जनाको पीसीआर परीक्षणका क्रममा थप ३ हजार ३ सय ९ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ सय पुगेको र सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

क्यारेनटिनमा १ हजार ३ सय ५ जना छन् । त्यस्तै होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार