१९ कार्तिक २०७७, बुधबार

दाङमा बढ्यो मकैको उत्पादन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार समाचार
2.5kViews
1722 Shares

दाङ । दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताउनुभयो । “यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अबस्था नभएकाले मकै उत्पादनमा बृद्धि भएको हो ।”

यो पनि पढ्नुहोस् ...  शीतलहरबाट जनजीवन कष्टकर

यस वर्ष कूल २३ हजार ४४८ हेक्टर जमिनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ । गतवर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताउनुभयो ।
मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन् । गढवा गाउँपालिका¬ ७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षकोभन्दा यसवर्ष मकैबाली राम्रो भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  नशालु पदार्थ खुवाई एक नेपालीलाई लुट

चौधरीले एक बिघा जमिनमा मकै खेती गर्नुभएको थियो । गत वैशाख महिनामा बसन्ते मकै र त्यसअघि वर्षे मकैको उत्पादन वृद्धि भएको उहाँको भनाइ थियो । सोही ठाउँका रामबहादुर चौधरीको पनि यसवर्ष मकै उत्पादन बढेको छ । उहाँको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको थियो ।

यो पनि पढ्नुहोस् ...  भारतीय मन्त्रिलाई सीमा विवाद समाधान गर्न शिक्षामन्त्री पोखरेलले गराए ध्यानाकर्षण

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार