१९ कार्तिक २०७७, बुधबार

खाद्यान्न वितरण सहज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार समाचार
1.7kViews
1634 Shares

काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि शाखा कार्यालय हुम्लाले बडादशैंँ तथा तिहारका अवसरमा कर्मचारी, सर्वसाधारण जनता र व्यापारीलाई यस वर्ष सहज तरिकाले खाद्यान्न वितरण गरेको छ । जिल्लामा धेरै वर्षदेखि दशैंँतिहारमा खाद्यान्न अभाव हुने भएकाले कर्मचारी नेपालगञ्ज र सुर्खेतबाट पाँच किलो चामलको पोको र मैदा ल्याउन बाध्य हुन्थे । यस वर्ष भने दशैंँतिहारमा प्रतिकर्मचारीले १५ केजी चामल पाएका छन् ।

यो पनि पढ्नुहोस् ...  लोकसेवाको विज्ञापन सच्चिने संकेत, प्रचण्ड भन्छन्, ‘सकारात्मक निष्कर्षमा पुग्छौँ’

कम्पनीका जिल्ला कार्यालय प्रमुख रामबहादुर विष्टले दशैंँतिहारका लागि सिमकोट गाउँपालिकाका सर्वसाधारण जनता, कर्मचारी र व्यापारीलाई १९ क्विन्टल, खार्पुनाथ गाउँपालिकामा दुई हजार क्विन्टल, सर्केगाड डिपोमार्फत एक हजार क्विन्टल र श्रीनगर डिपोमार्फत एक हजार ५० क्विन्टल चामल वितरण गरिएको जानकारी दिनुभयो । हाल कम्पनीको गोदाममा तीन हजार क्विन्टल चामल बाँकी रहेको जनाइएको छ ।
कोरोना महामारीले गर्दा गत वर्षदेखि चीनको नाका बन्द भएकाले नेपाल सरकारले हवाईमार्गबाट खाद्यान्न ढुवानी तीव्र गराएपछि खाद्यान्न अभाव कम भएको हो ।

यो पनि पढ्नुहोस् ...  दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार