१९ कार्तिक २०७७, बुधबार

सडकमा खाना बाँडेकाेबारे बोले काठमाडौंका मेयर, भने– मागिखानेहरुको शहर भनेर नचिनुन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार समाचार
2.3kViews
1474 Shares

काठमाडौं । काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुमा खाना बाँडेको बारे मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् । सोमवार महानगरपालिकाले त्यसरी सार्वजनिक स्थलमा खाना खुवाउँदा शहर फोहोर भएको र महानगरपालिकाको बेइज्जत भएको भन्दै खाना वितरण कार्यमा रोक लगाउन निर्देशन दिएको थियो । सो विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।

यो पनि पढ्नुहोस् ...  दैलेखमा पिसिआर मेसिन आइपुग्यो

सो विषयको विरोध भएपछि महानगरका मेयर शाक्यले हानगरवासीको स्वास्थ्य जीवनप्रति आफू संवेदनशील भएकाले सो निर्णय गरेको स्पष्टिकरण दिएका छन् । साथै, उनले काठमाडौंलाक्ष्ए गरिखानेहरुको शहर भनेर चिनाउनपर्ने भन्दै मागिखानेहरुको शहर भनेर कसैले नचिनुन भनेका छन् ।

शाक्यले जारी विज्ञप्तिमा भनिएको छ ,‘श्रम गरेर खान सक्नेका लागि काम गर्ने वातावरण निर्माण गर्न खोजेका हौं काठमाडौंलाई गरिखानेहरूको शहर भनेर चिनाउनु पर्छ । विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर भनेर नचिनुन् ।’

यो पनि पढ्नुहोस् ...  प्रस्तावनामा नै सबैलाई खानेपानीको समान पहुँचको व्यवस्था राख्नुपर्नेमा जोड : खानेपानीमन्त्री

उनले महानगरपालिकाले ुभोकै कोही पर्दैन, भोकले कोही मर्दैनु भन्ने नारासहित लकडाउन अवधिभर असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई सहयोग पुर्‍याएको दावी समेत गरे ।

लकडाउन अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यले बताए ।

यो पनि पढ्नुहोस् ...  दशैँको मुखमा ठगिँदै यात्रु

उनले भने, ‘सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भएको हो ।’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार