१९ कार्तिक २०७७, बुधबार

जनता आवास कार्यक्रमको रकम फ्रिज, कार्यालयमा तालाबन्दी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार २ नं. प्रदेश
2.8kViews
1502 Shares

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको रू एक अर्ब फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् ।

सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम शहरी विकास तथा भवन कार्यालय अन्तरगत गौरमा रहेको सो एकाइले खर्च गर्न नसेर फ्रिज भएपछि आक्रोसित नेपाल राष्ट्रिय मुसहर सङ्घ र मधेशी दलित विकास महासङ्घको अगुवाइमा दलितहरूले तालाबन्दी गरेको मधेशी दलित विकास महासङ्घका अध्यक्ष धर्मेन्द्र पासवानले राससलाई बताए ।

यो पनि पढ्नुहोस् ...  विकास निर्माणका काम द्रुत गतिमा अघि बढाएका छौं : मन्त्री सोनल

कार्यालयका कर्मचारीहरूको उदासिनताको कारण गरिब, दलित तथा असहाय परिवारका लागि आएको सो बजेट फ्रिज भएपछि बाध्य भएर ताला लगाउनु परेको दलित अगुवाहरूको गुनासो थियो ।गतवर्षदेखि नै सो रकम निकासामा अवरोध हुदै आएकोले करिव तीन हजार घरपरिवार आवासविहिन भएका छन् । घर निर्माणका लागि सो समुदायले फारम दर्ता गराउनेदेखि आवश्यक कागजात तथा प्रमाण जुटाउन प्रति परिवार रू ५ हजारसम्म खर्च गरेपनि उपलब्धि केही नभएको उनीहरूको आरोप थियो । सोमवार गौरस्थित सो कार्यालयमा पुगेका दलित आक्रोसित भइ नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  सिरहाको बजारमा दीपावली तथा छठ पर्वंको किनमेल गर्नेको भीड

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार