१८ कार्तिक २०७७, मंगलवार

प्रधानमन्त्री ओलीबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कला/साहित्य
2.6kViews
1437 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गरेका छन् ।

सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गरे ।

यो पनि पढ्नुहोस् ...  बन्छ नमूना नेपाल (कविता)- प्रधानमन्त्री ओली

“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।

यो पनि पढ्नुहोस् ...  अफ्रिकी मुलुकमा अलपत्र तीन नेपाली युवती ७ महिना बित्दा पनि उद्धार हुन सकेन

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का अध्यक्षसमेत हुन । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रच्नुभएका लोकभाकासहितका छ गीत एल्बममा सङ्कलन गरिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद् डाविजय सुब्बा र प्रा केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  बलिउड अभिनेता सन्नी देओललाई कोरोना पुष्टि

कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुन् । सङ्गीत संयोजन अशोक लोहरुङ राई गर्नुभएको छ भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीसँग आज अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री निवासमा भेट गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार