१८ कार्तिक २०७७, मंगलवार

नेता केसीको अत्येष्टिः कास्की काँग्रेसद्वारा दुःख व्यक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
1.9kViews
1290 Shares

काठमाडौं । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य स्व सूर्यबहादुर केसीको आज अन्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । उनको पोखरा शान्तिघाटमा हिन्दूसंस्कारअनुसार अत्येष्टि गरिएको हो । केसीका एक श्रीमती र तीन छोरा छन् ।

यो पनि पढ्नुहोस् ...  छ लाखभन्दा बढी नेपाली फर्किने, स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

पोखरा महानगरपालिका वडा नं ७ एयरपोर्टस्थित केसी निवासमा काँग्रेसका तर्फबाट अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरे । स्व केसीप्रति श्रद्वाञ्जलि अर्पण गर्न काँग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुक पुगेका काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण

यसैबीच काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशन गरी पार्टीका नेता केसीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीलाई व्यवस्थित र सुदृढ गर्दै यसको विकास र विस्तार तथा कार्यकर्ताको मनोबल उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता केसीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् ...  स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा तीन जना प्रहरीको फन्दामा

सफल राजनीतिकर्मी, समाजसेवी र प्रतिष्ठित व्यवसायीको निधनले मर्माहत बनाएको जनाउँदै विज्ञप्तिमा शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा केसीले पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार