१८ कार्तिक २०७७, मंगलवार

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
3.1kViews
1964 Shares

काठमाडौँ । बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस् ...  रातारात प्रधानमन्त्री किन पुगे वामदेव निवास ?

प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्र्पकबिहिन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ । उनलाई आरोप प्रमाणित भए हदैसम्मको कानूनी कारवाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो । सो अस्थायी प्रहरी चौकीका प्रमुख चन्द्र भण्डारीलाई पनि आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन : प्रधानमन्त्री ओली

चौकीका प्रमुख भण्डारीले घटना भएको दिन र समयमा प्रहरी जवान कतै नगएको र व्यारेकमै रहेको दाबी गर्नुभयो । प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस् ...  ४६ जुवाडे पक्राउ

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार