१८ कार्तिक २०७७, मंगलवार

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप २ को मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कोरोना [Covid-19] विशेष
2.8kViews
1205 Shares

सप्तरी । कोरोना सङ्क्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका—४ बस्ने ५८ वर्षीय पुरुषको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मोरङ्गमा जिल्लामा शिक्षण पेशामा कार्यरत उहाँलाई ज्वरो आउने, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा परीक्षण गराउँदा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह, उच्च रक्तचापबाट पीडित उहाँलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस् ...  एकै नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका—६ निवासी ती पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनुभयो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस् ...  उपत्यकामा थप ११९ जना कोरोना संक्रमित थपिए

दुवै शवको व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै सप्तरी जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जनाइएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार