१८ कार्तिक २०७७, मंगलवार

विकास निर्माणका गतिविधि अनुगमन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
2.9kViews
1990 Shares

काठमाडौँ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिका सभापति तथा सांसद कल्याणी खड्का सहितको टोली कर्णालीमा विकास निर्माणका गतिविधिहरु अनुगमनका लागि जुम्ला पुगेको छ । सो टोलीले जुम्लामा राजनैतिक दल, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया गरेको छ । समितिले जुम्ला सदरमुकाम खलङ्गामा गरेको अन्तरक्रियामा सरोकारवालाले कर्णाली राजमार्गको स्तरवृद्धि सहित ठोस विकासमा बजेट अभाव भएको बताएका छन् ।

यो पनि पढ्नुहोस् ...  राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

कर्णालीमा भइरहेका विकास तथा कर्णाली राजमार्ग, कर्णाली करिडोर सहितका सड्कहरु अनुगमन गरेपछि जुम्ला पुग्नुभएका समितिका सभापति खड्काले कर्णालीलाई समानताको आधारमा नभई समतामूलक बजेट आवश्यक रहेको भन्दै सरकारको विशेष ध्यानाकर्षण गराउने बताउनुभयो । सांसद गजेन्द्रबहादुर महतले बजेटमा भूगोललाई सम्मान हुनुपर्ने बताउनुभयो । यसका लागि संसदमा पटक पटक आवाज उठेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । जिल्ला समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले कर्णालीमा टेलिफोन सेवा र ईन्टरनेट राम्रो नभएकोेले सूचना प्रविधिमा जोड दिन सूझाव दिनुभयो । प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले नाग्म गमगढी राजमार्ग अवको प्रथामिकता रहेको बताउनुभयो । चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय सरकार सहित सवैले मिलेर आवश्यकताका आधारमा विकासका काममा जोड दिनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले स्थानीय निर्माण व्यवसायीले सिधै काम गर्न नसक्ने नीतिगत समस्या भएको भन्दै यो वदल्नु पर्ने बताउनुभयो । अघिल्लो वर्ष विकास समितिको टोलीले हेलिकोप्टर मार्फत कर्णाली करिडोर सहितको भ्रमण गर्दा सडक मार्फत अनुगमन गर्न सुझाव दिइएको थियो ।

यो पनि पढ्नुहोस् ...  हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार