१८ कार्तिक २०७७, मंगलवार

विराटनगरका दुई अस्पतालमा कोरोना सङ्क्रमणबाट ३ को मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कोरोना [Covid-19] विशेष
2.8kViews
1181 Shares

विराटनगर । कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  प्रदेश नं १ मा थप २२८ जनामा कोरोना सङ्क्रमण

धरानका मृृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष तथा गएको स्थानीय उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनु भएको थियो ।
विराटनगरका मृतकलाई यही कात्तिक १४ गते पोजेटिभ देखिएकोमा सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उदयपुरको बेलटार–६ घर भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति मृत्यु भएको केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले जानकारी दिनुभयो । मृतकलाई यही कात्तिक १२ गते पोजेटिभ देखिएपछि नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि सोही दिन केन्द्रमा पठाएकोमा सघन उपचार कक्ष(आईसियु)मा उपचारको क्रममा मृत्यु भएको हो । मृतक उच्च रक्तचाप र मिर्गौलाका बिरामी रहेका थिए ।

यो पनि पढ्नुहोस् ...  रुपन्देहीमा १ साताका लागी लकडाउन थपियो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार