१८ कार्तिक २०७७, मंगलवार

निगमले लागू ग¥यो नयाँ सफ्वेयर

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
2.7kViews
1048 Shares

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।

एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरु रहेको निगमले जनाएको छ । समयानुकूल निगमको सेवालाई आधुनिकीकरण गर्न सो सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने निगमको विश्वास छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकूल सुधार गर्न र व्यावसायिक सफलताका लागि नयाँ प्रविधि भित्र्याइएको कम्पनीले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् ...  गोसाइँकुण्ड मेला स्थगित

गत असोजको तेस्रो साता निगमको महाप्रवन्धकको जिम्मेवारीमा आउनुभएका डिमप्रसाद पौडेलले निगमको विद्यमान अवस्था सुधारका साथै निगमलाई आधुनिक प्रविधिमैत्री बनाई प्रतिस्पर्धी सेवाको रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न प्रक्रिया शुरु गर्नुभएको छ । पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका छ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो ।

यो पनि पढ्नुहोस् ...  सालको काठमा लगाइएको रोकावट खुलाउन माग

पछिल्लोपटक गत कात्तिक ६ गते महाप्रवन्धक पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गर्नुभएको थियो । सो निर्देशनमा निगमभित्र अनुशासनका आधारभूत नियम कडाइका साथ पालना गर्न निर्देशित गरिएको छ । सुशासन प्रवद्र्धन, पारदर्शिता, कर्मचारीको कार्यालय समय व्यवस्थापन, हाजिरी आदि विषयलाई सुधारको प्रक्रियामा लगिने उल्लेख छ । हरेक महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखले मासिक प्रगति विवरण अनिवार्य रुपमा पठाउनुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी गराउनुपर्ने उल्लेख छ ।

यो पनि पढ्नुहोस् ...  दशैंका लागि अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने

निगमसँग हाल आन्तरिक उडानमा दुई थान मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तव्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
–––

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार