१८ कार्तिक २०७७, मंगलवार

‘पिरती लाइदैन’ पछि विक्रमले ल्याए देउसीभैली गीत ‘संस्कृति पुरानै चाहिन्छ’ (भिडियो)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कला/साहित्य
2.9kViews
1544 Shares

काठमाडौँ । नेपालीहरुको महान पर्व दशै हामीमाझबाट विदा भैसकेको छ । दशै विदा भएसंगै तिहारको रमझम सुरु भएको छ । तिहारको रमझम सुरु भएसंगै तिहारका गीतहरु पनि बजारमा आउन थालेका छन् । सोही सिलसिलामा मेकअप आर्टिसका रुपमा ख्याती कमाएका विक्रम गौतम र सरु गौतमको स्वरमा सजिएको देउसीभैली गीत सार्वजनिक भएको छ । तिहारमा देउसीभैली खेल्ने मौलिक परम्परा अनुसारको गीत विक्रमले दर्शक श्रोतामाझ लिएर आएका हुन् ।

यो पनि पढ्नुहोस् ...  फोटोपत्रकार वन्तको ‘परदेशिको पिडा..’ नामक पहिलो म्यूजिक भिडियो सार्वजनिक

केही दिन अगाडिमात्र एलिना चौहानसंग ‘भो अब पिरती लाइदैन बोलको गीत बजारमा ल्याएका विक्रम गौतमले तिहारको कोसेली स्वरुप देउसीभैली गीत सार्वजनिक गरेका हुन । विक्रमको आफनै शब्द तथा संगीत रहेको छ भने सन्तोष प्रगाढले एरेन्ज गरेका छन् । गीतमा चलचित्र एक्स्ट्रा माया तथा कोरोनाका नायक अर्जुन खड्का त्यसैगरी हास्य कलाकार पवन खतिवडा (म्याकुरी), शुसिला निरौला (विम्ली) पुजा पाण्डे, छिरिङ लामा लगायतको अभिनय रहेको छ । बासु न्यौपानेको छायाँकन रहेको उक्त गीतलाई देवराज गुरुङ र सागर बोहराले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।
गीतमा घरबेटी बाँका रुपमा श्री शक्ति बराइली देखा परेका छन । थुप्रै सट मुभी तथा म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका श्री शक्ति बराइली यसपालिको देउसी भैली गीतमा घरबेटी बाँ को रुपमा प्रस्तुत भएका छन् ।

यो पनि पढ्नुहोस् ...  हिममान्छेको देशमा

भिडियो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार