१८ कार्तिक २०७७, मंगलवार

रौतहटका प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि

सन्तोष काफ्ले सन्तोष काफ्ले १८ कार्तिक २०७७, मंगलवार कोरोना [Covid-19] विशेष
2.1kViews
1591 Shares

रौतहट । रौतहट जिल्लाका प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

एसपी शाह अहिले सेल्फ आईसोलेसनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले बताए । हाल पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ । त्यसैगरी हालसम्म रौतहटमा कोरोना संक्रमण बाट मृत्यु हुने को संख्या १३ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  स्याङजाका कोरोना संक्रिमितको पाल्पामा मृत्यु

लकडाउन खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा सञ्चालनमा आएको छ, तर स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको कुनैपनि सुरक्षाको मापदण्ड अपनाइएको संख्या यहाँ शून्य छ । जिल्लाका अधिकांसमा मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान पुग्न सकेको छैनन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणको आशंकामा उपचारत १७ वर्षिय युवतीको मृत्यु

बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनुले पनि कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताँछन । कोरोना महामारी नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बुधवार बस्ने त्यसपछि नयाँ रणनिति तयार गरेर पहल गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  गण्डकीमा थप ५० जनामा कोरोना संक्रमण पुष्‍टि, संक्रमितको संख्या ३१६६ पुग्यो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार