१८ कार्तिक २०७७, मंगलवार

भोजपुर जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कोरोना [Covid-19] विशेष
3.1kViews
1269 Shares

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन् । ‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीयबासी विष्णु भट्टराईले भन्नुभयो, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ ।”

यो पनि पढ्नुहोस् ...  मेची प्रादेशिक अस्पतालमा सशुल्क पिसिआर परीक्षण सेवा शुरु

केन्द्र सरकारको निर्देशनानुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । केन्द्रबाट आएको १० लाख रुपैयाँमा गाउँपालिकाले समेत लगानी गरेर अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितसँगै गर्भवती महिला, वालबालिका, वृद्धावृद्धालाई समेत सहजता भएको गाउँपालिकाका उपध्यक्ष सम्झना राईले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  नवलपरासी पश्चिम कोरोना अपडेटः संक्रमित २ सय नाघे, १ जनाको मृत्यु ।

अस्पतालबाट भिडियो एक्सरे, रगत जाँच, ल्याबलगायत सेवासुविधा पाउने बताइएको छ । त्यस्तै, सबै बेडमा अक्सिजन रहेको अस्पतालका डा. कैलाश विश्कर्माले जानकारी दिनुभयो । अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयवासीलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  सेती प्रादेशिक अस्पताल : सबै कोरोना संक्रमित डिस्चार्ज भए, आइसोलेशन वार्ड रित्तियो

अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितको उपचारमा थप सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भन्नुभयो, ‘‘अस्पतालमा अक्सिजनलगायत आवश्यक सुविधा नहँुदा कोभिड–१९ का विरामीको उपचारमा समस्या देखिएको थियो, आवश्यक उपकरण र अक्सिजन सेवासहित अस्पताल निर्माण भएपछि अब हामीलाई व्यवस्थापनमा सहजता आउनेछ ।’’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार