१८ कार्तिक २०७७, मंगलवार

आलुको बीउ बाँड्दै गाउँपालिका

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
2.3kViews
1080 Shares

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयवासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ ११ वटै वडामा एकसाथ १८ हजार किलोग्राम आलुको बीउ वितरण शुरु गरेको छ । सर्वसाधारणलाई उत्पादनतर्फ जोड्दै उनीहरूलाई आत्मनिर्भर बनाउने सोचका साथ ४० प्रतिशत गाउँपालिकाको अनुदान सहयोग एवम् ६० प्रतिशत कृषकको सहभागितामा आलुको बीउ वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  सम्मान बहुउद्देश्यीय सहकारी संस्थाको बानेश्वरमा शाखा कार्यालय उद्घाटन

बीउ वितरणका लागि काभ्रेबाट १८ हजार किलोग्राम एमएस ४२ जातको आलुको बीउ खरिद गरेको गाउँपालिकाले वडा नं १ देखि आलुको बीउ वितरण शुरु गरेको र सबै वडामा वितरण कार्य भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्ष १२ हजार किलोग्राम आलुको बीउ वितरण गरेकामा राम्रो उत्पादन भएसँगै स्थानीवासी आलु खेतीतर्फ आकर्षित बनेका छन् । “यस वर्ष गाउँपालिकामा ३० हजार किलोग्राम आलुको बीउ माग भएको तर त्यसअनुरुप पु¥याउन सकेनौँ”, अध्यक्ष कुँवरले भन्नुभयो, “गाउँपालिकामा कृषिप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।”

यो पनि पढ्नुहोस् ...  सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार