१८ कार्तिक २०७७, मंगलवार

सरकारको पुनरावेदन निवेदन : कोरोना उपचार र पीसीआर निःशुल्क गर्न सकिँदैन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार मुख्य नेटवर्क
2.9kViews
1937 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ । कोरोना संक्रमितको उपचार र पीसीआर निःशुल्क गर्न दिएको परमादेशले संविधान, कानुन, अन्तरर्राष्ट्रिय अभ्यास तथा देशको आर्थिक अवस्थालाई नजरअन्दाज गरेको दाबीसहित निवेदन दर्ता भएको हो ।

कानुनको अपव्याख्या गरी अव्यवहारिक परमादेश जारी भएको भन्दै पुनरावलोकनमार्फत उल्ट्याउन माग मन्त्रालयले दिएको निवेदनमा गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  १ लाख २१ हजार मेट्रिक टन चामल मौज्दात

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले गत असोज १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा उक्त परमादेश दिएको थियो ।

सर्वोच्चले संविधानको धारा ३५ मा स्वास्थ्यको हकलाई मौलिक हकभित्र परिभाषित गरेको बताउँदै कोभिडको उपचार निःशुल्क गर्न भनेको थियो ।

यो पनि पढ्नुहोस् ...  मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने

तर, कानुनको अपव्याख्या गरी परमादेश जारी गरिएको जिकिरसमेत मन्त्रालयको छ । कोभिड–१९ रोग डिसेम्बर ३१ मा पत्ता लागेको नयाँ रोग रहेकाले २१ औं शताब्दीको उच्चतम प्रविधियुक्त प्रयोगशालामा परीक्षण गरिनुपर्ने आवश्यकतासमेत औंल्याएको छ ।

‘सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण गराउने हो भने स्वाभाविक रुपमा चाप बढ्न जान्छ । चाप बढेको आधारमा तत्कालै दक्ष जनशक्तिको संख्यामा वृद्धि गर्न सकिने हुँदैन,’ पुनरावलोकन निवेदनमा उल्लेख छ, ‘स्रोत साधनको समेत सिमितता तथा आरटी(पीसीआर परीक्षणको अलवा अन्य रोगका बिरामीको संख्यासमेत नियमित रुपमा भइराखेकोले गर्दा निजकोसमेत स्वास्थ्य उपचार सेवा साविक बमोजिम नै गर्नुपर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस् ...  युएईमा नगद उपहार सहितको बिङ्गो खेल कार्यक्रम भव्य रुपले सम्पन्न

उता, सरकारले सर्वोच्चको परमादेश उल्लङघन गरेको दाबीसहित आइतबार प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलनामुद्दा दर्ता भएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार