१८ कार्तिक २०७७, मंगलवार

हेटौँडामा दृश्यावलोकन स्तम्भ र उद्यान निर्माण शुरु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार ३ नं. प्रदेश
2.9kViews
1698 Shares

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा पर्यटक आकर्षित गराउन, राजधानीको गरिमा बढाउन तथा व्यवस्थित गर्नका लागि हेटौँडा उपमहानगरपालिकामा दृश्यावलोकन स्तम्भसहितको उद्यान निर्माण शुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको रु तीन करोड ७५ लाखको लागतमा हेटौँडा वडा नं १३ स्थित ठूलोथलीमा उक्त भ्यूटावर निर्माण शुरु भएको हो । बहुवर्षीय कार्यक्रम योजनाअन्तर्गत शुरु भएको पाँचतले टावरको निर्माणमा उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा रु २४ लाख बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले त्यहाँ भ्यूटावर निर्माण गर्न लागिएको बताउँदै त्यस क्षेत्रमा बालोद्यान, वनभोजस्थलसहितको उद्यँन निर्माण गर्न लागिएको जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  भोटेकोशी लिस्तीका किसानलाई चौँरी वितरण गरिने

उद्यान विभिन्न जनावरको मूर्तिसमेत राखिने बताइएको छ । यसैबीच हेटाँैडा – ५ क्याम्पाडाँडा चौरलाई व्यवस्थित खेल मैदान बनाउन शुरु भएको छ । उपमहानगरपालिकाले विभिन्न वडाका खेल मैदानलाई व्यवस्थित बनाउने कार्यक्रमअन्तर्गत उक्त चौरलाई खेलकूद मैदानका रुपमा व्यवस्थित गर्न लागेको बताइएको छ । यसअघि खेलकूद कार्यक्रम भए पनि चौर व्यवस्थित नहुँदा समस्या आएको थियो ।

यो पनि पढ्नुहोस् ...  पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरेरै छाड्छौ:सञ्चारमन्त्री बास्कोटा

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार