१८ कार्तिक २०७७, मंगलवार

‘तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालिगलौज नगरौँ’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार BOX NEWS
2.0kViews
1098 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको विषण् नबनाउन अपिल गरेका छन् ।

सत्तारुढ दलसमेत रहेको नेकपाभित्र पछिल्लो समय चर्किएको विवादलाई मत्थर गर्नपर्ने भन्दै उनले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको बताएका छन् ।

यो पनि पढ्नुहोस् ...  राजनीतिक प्रस्तावमा न्यायपालिका र त्यसको प्रमुखसँगको कुनै सम्बन्ध छैन : प्रचण्ड सचिवालय

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले गत शनिबार अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा सल्लाहमै पार्टी अलग गरौ भन्ने प्रस्ताव राखेका थिए । सोही कुरा आफूनिकट केही नेताहरुलाई खुमलटारमा ब्रिफिङ गर्दै प्रचण्डले जानकारी गराएका थिए । तत्पपश्चात सुरु भएको उक्त विवाद अन्ततः फुटको संघारमा पुगेको नेताहरुले संकेत गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् ...  नेकपा विवाद मिलाउन राष्ट्रपति सक्रिय ! गौतम र बादल ओली गुटमा ?

सोहीप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठले ‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाइ विघटन एवम् विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔँ’, भन्ने आग्रह गरेका छन् ।

‘पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔँ । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गरौँ’ श्रेष्ठले लेखेका छन् ।

यो पनि पढ्नुहोस् ...  चुनाव जितिसकेँ, मत गणना रोक्न सर्वोच्च अदालत जान्छु : ट्र्म्प

साथै उनले ‘तैँ चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौँ’ भनेका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार