१८ कार्तिक २०७७, मंगलवार

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को ठाउँमा ‘नेपाल’ ? कांग्रेसको आपत्ति

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
1.8kViews
1965 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत रकारले लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न मातहतलाई दिएको निर्देशन आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस् ...  गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिवद्धता ! होसियार !

संविधानको मर्मत विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ।’ कानुन मन्त्रालयले २८ असोजमा परिपत्र जारी गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को ठाउँमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भन्दै निर्देशन गरेको छ ।

यो पनि पढ्नुहोस् ...  कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

त्यस्तै, उता कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भने प्रधानमन्त्री ओलीले ‘अर्को ठूलो एक्सन लिन्छु’ भनेको सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र विरुद्धको एक्सन नसहने टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री ओलालाई पदकालागि होस नगुमाउन चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  नेमकिपाबाट वडाध्यक्षसहित २ दर्जन कार्यकर्ता नेकपामा प्रबेश

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार