१८ कार्तिक २०७७, मंगलवार

भिटेन हिप्पी–गजडी कि बिरामी समाजको नयाँ पुस्ता ?

मिन बहादुर सुनुवार ‘सुमन’ मिन बहादुर सुनुवार ‘सुमन’ १८ कार्तिक २०७७, मंगलवार
4.7kViews
1783 Shares

सन् ६० को दशकमा पश्चिमी सांगितिक दुनियाँमा एकजना पृथक छविका गायकको जन्म भयो । उनका हरेक शैली र गेट–अपले दुनियाँलाई लठ्ठ बनायो । संसारभरीका करोडौं युवाहरुले उसको अनुकरण पनि गरे ।

ती गायकको लामो डेडलक स्टाइलको कपाल, हल्का दाह्री, पातलो शिलिक्कको शरीर, हातमा गिटार । हो, यिनै विशेषतासहितको पृथक सांगितिक स्वाद र जीवनशैलीले दुनियाँलाई मोहित बनाउने गायक हुन्, बब मार्ली । जसले गाँजाको सुल्फा तान्दै आफ्नो सुरिलो स्वरमा जमैका, अमेरिका र बाँकी दुनियाँले भोगेको अनि झेलेको दुःख, पीडा, गरिबी, वेरोजगार र जातीय विभेदले ओतप्रोत भएका गीत लाखौं दर्शकको भीडमा गाउँथे । हो उनी गाँजा खान्थे । उनी गजडी थिए । तर, उनी र उनीजस्ता युवालाई देशको खराब परिवेशले गजडी बनाएको कुरा विर्सनु हुन्न । किनकि उनी साम्राज्यवाद विरोधी थिए । बेकारमा अमेािरका युद्ध पिपासु बन्यो । युवाको चाहना विपरित तिनीहरुलाई युद्धमा धकेलियो — फगत अमेरिकन सपनाको खातिर ।

बब मार्लीको शैली र गीतको स्वाद फरक छ । तरपनि उसको गीतको मुल भाव र नेपाली र्यापरहरुको भाव कताकता मिल्छ । पछिल्लो वर्षहरुमा नेपाली सांगेतिक दुनियामा अनेकन प्रतिबन्धको बाढी ह्वात्तै बढिरहेको छ । र, गायक गायिकाहरुलाई धमाधम गिराफ्तार गरिन्दैछ । सोधपुछ गरिन्दैछ । उनीहरुको सांगेतिक रचनाप्रति अनेकन आरोप लगाइदैछ । किनकि उनीहरुले गीत गाएँ , जुन गीतले सामाजिक सद्भाव भाँडदैछ । समाजमा छाडापन र उच्छृङखललाई बढवा दिनेखालका छन् ।

यो पनि पढ्नुहोस् ...  जोखिम मोल्ने साहस गरौँ

सांस्कृतिक विचलन ल्याउँने प्रवृत्तिका छन् । र, जनताको पक्षमा छैनन् । अथवा गीतले सरकारको भाकाको गीत गाएन । समाज र सरकारको निन्दा गर्दैछ । त्यसकारण, दुर्र्गेस र सोफिया थापाका गीतहरुले समाजमा भडुवाँवाद र उच्छृङखलवादलाई प्रश्रय दिएका छन् । त्यस्ता गीतलाई बज्न र सुन्न दिनु भनेको गलत हो । त्यसैले, ती गीतहरुलाई बन्द गरिनुपर्छ । अनि यस्ता बकम्फुस्रे गायक गायिकालाई गिराफ्तार गर्नुपर्छ । हिजोआज प्रहरी गायक गायिकाको पछि दौडिरहेका छन् ।

यस्तै विविध आरोपको भेलमा अर्को एउटा र्यापरलाई प्रहरीले गिराफ्तार गर्ने खबर छ । अनि उसको गीतमाथि प्रतिबन्ध थोपरिएको छ । उनी हुन समिर घिसिङ—उर्फ भिटेन, जसको ‘पारा’ बोलको गीत गत हप्ता एक नम्बर ट्रेडिङमा थियो । अधिकांस युवाहरुले उक्त गीत मन पराउनका पछाडि के कारण छन् ? कारण खोजी गरौं । के त्यो गीतमा अस्लिल अथवा छाडा शब्दहरुको प्रयोग भएको कारण युवा पुस्ताले मन पराएको हो ? गीतमा गाजा र भाङगको मुस्लोप्रति आकार्षित भएर हो त ? अथवा त्यो गीतले युवाको चरम असन्तुष्टिलाई उजगार गरेको छ ? समाजलाई बेस्सरी पकाएर राख्ने तत्वहरु अभाव, गरिबी र वेरोजगारलाई छोपेर राख्ने बर्कीलाई उघारेको त छैन त्यो गीतले ? के समाजमा सामाजिक र राजनीतिक व्यथिति, विसङगती र भ्रष्ट आचरण मौलाएको छैन ? यहाँ आवरणमा सबै ठिकठाक छ जस्तो देखिएतापनि ढोंगी र आडम्बरी समाजप्रतिको तीतो कटाक्ष हो , के हो ‘पारा’ । तर, आज ‘पारा’ गीतमा प्रतिबन्ध छ ।

यो पनि पढ्नुहोस् ...  प्रचण्डको प्रस्ताव, ‘अब व्यावहारिक पनि बनौँ, हिडेर घर जानेलाई उच्च सतर्कताका साथ पठाऔँ’

हिजोका गीतका शब्दहरुमा मिठास थियो भन्ने पनि होलान । त्यो जायज नै छ । प्रेम र भावनाको गीत अवश्य मिठो हुन्छ । किनकि रोमान्टिक शब्दहरुमा प्रेमीकाको सुन्दर नयन, चम्किलो कपाल, ओठ र बक्षस्थलको गुणगानमा गीतहरु रचिन्छन् । यो अर्कै पाटो भनौं । तर, समाजमा रोमान्स बाहेक बिकराल समस्या र व्यथिति छन् । जुन यावत समस्या र अभावले युवाका जोश र सिर्जनशील्तालाई नराम्रो गरी चपाएर थुकेको छ । कसैले भयंकर ठूलो स्वतन्त्रता अनि सपना दिएको छ । सबैलाई बाँडेको छ । तर, ती मिठो सपना पछि गएर केवल झुठो सपनाको समाधी बन्छ । र, त्यो झुठो सपनाको समाधीले हरेकलाई हतास, निरास र दुःखी बनाउँछ ।

किनकि उसले चाहेको अनि मनमा राखेको समाजको परिवेश जब उल्टो हुन्छ । समाजमा अराजक, गरिबी , दलाल, भ्रष्ट, चाकडिवाला, व्यक्तिवादी अनेकन पगरीका मान्छेहरुको भिड झाङिगन्छ । र, त्यो भीडमा ऊ एकलो हुन्छ । जव व्यक्ति एकलो हुन्छ , ऊ या त पुरै फ्रस्टेड भएर मर्न सक्छ अथवा नयाँ विचार ग्रहण गर्न सक्छ । त्यसपछी, उसले लेख्न थाल्छ । गीत गाउँन थाल्छ । जुन गीत माया, प्रेम, यौन र भावनाको नहुन सक्छ । त्यो गीतमा भाङग, धतुरो, गाँजा, रक्सी र केही अपच शब्दहरुले भरिएका हुन सक्छन् । भाषा र शब्दको विरासतलाई भत्काउँन सक्छन् । तोडमोड गर्न पनि सक्छन् । त्यसपछि, समाजमा बब मार्ली र भिटेनको जन्म हुन्छ । त्यसकारण, भिटेन र भिटेन जस्तै भिटेनहरु यही समाजले जन्माएका व्यक्तिहरु हुन् ।

यो पनि पढ्नुहोस् ...  ‘नेकपालाई दुईतिहाई बहुमत हिजोका राजा–महाराजा र कांग्रेसीहरुले दया गरेर दिएको होइन’

अन्त्यमा, पुस्तौं पुस्तादेखि समाजमा जरो गाडेर बसेको गरिबी, वेरोजगार, भ्रष्टचार, भिखमगापन, पछौटेपन, दलाल र व्यक्तिवादको जातोमा बेस्सरी पिधिँएका व्याक्तिहरु नै सांगेतिक दुनियाका भिटेन हुन् । र्यापर हुन् । भ्रष्ट परिवेशले जन्माएको सांगेतिक दुनियाका नयाँ क्रान्तिकारी र परिवर्तनकारी हुन् । समाजको व्यथितिको बारेमा र्याप गाउँने र नाच्ने अधिकार भिटेनलाई छ । आजभन्दा पाँच दशक पहिले मार्लीलाई गाउँन अधिकार थियो भने आज भिटेनले गाउँदा बिग्रियो के ? जसले समाजको विसंगतीलाई आफ्नो र्याप गीतमार्फत भ्रष्ट नेतृत्व र व्यवस्थालाई मुक्का हानेको छ ।

तसर्थ, गीतमा नराम्रो भन्दा राम्रो कति छ अनि पछौंटेपन, तट्स्थतावादी र प्रतिगामी भन्दा अग्रगामी छ छैन ? यसरी मुल्याङकन गरौं । भिटेनले अश्लिल गीत गायो भन्दै, पकडेर जेलमा कोचर्ने काम छाडेर भिटेनलाई जन्म दिने भ्रष्ट परिवेशलाई बद्लौं कि ? किनकि भिटेन हिप्पी, गजडी होइनन् , विरामी समाजको नयाँ पुस्ता हुन् । तसर्थ, परिवेश बदलौं । परिवेश बदल्न कम्मर कसेर हिड्ने नेतृत्वले पहिले आफ्नो आचरण बदलौं । नत्रभने भिटेन जस्ता र्यापरहरु दुबो उम्रे झैं उम्रन्न भन्न कदापी सकिन्न । र, कोरोनाले सिकिस्त विरामीलाई राख्ने हस्पिटल प्रायप्त नभएको यो गरिब राष्ट्रमा भिटेन जस्ता र्यापरलाई थुन्ने जेल कहाँ पाउँनु र कसरी बनाउँनु ।