१७ कार्तिक २०७७, सोमबार

बिहान उठ्ने बित्तिकै नगर्नुस् यी पाँच कुरा !

2.4kViews
1980 Shares

के तपाइँ विहान उठ्दा जहिले पनि खराब मुडमा हुनुहुन्छ ? विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या समाधान गर्न सकिन्छ । यहाँ विहानमा गर्न नहुने ५ गल्तीको चर्चा गरिएको छ ।

१. उठ्ने वित्तिकै गह्रौं काम नगर्नुस्
उठ्ने वित्तकै तपाइँको शरीर निक्कै कमजोर हुन्छ । राति सुत्दा सबै शक्ति निस्क्रिय हुने भएका कारण शरीर कमजोर हुन्छ । उठ्नै वित्तिकै गह्रौं काम वा जिम गर्न थाल्नु हुँदैन । विहान तपाइँ के गर्नु हुन्छ भन्ने कुराले तपाइँ दिनभरी कस्तो रहनुहुन्छ भन्ने कुरा निर्धारण हुन्छ । विहानमा गरिएका गल्तीले दिनभरी नै मुड अफ गरिदिने र समस्या हुने समेत हुन्छ । उठेपछि केही छिन खुला हावामा जानुस् । हल्का मन तातो पानी पिउनुस् र केही बेरमा शरीर स्फुर्त भएपछि मात्र गह्रौं काम गर्नुस् ।

यो पनि पढ्नुहोस् ...  मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर, अब सुर्खेतबाटै सम्पूर्ण उपचार

२. जिउ नतान्काउनुस्
उठ्ने वित्तिकै जिउ तान्ने बानी हुन्छ धेरै मानिसको । तर त्यसो गर्नु राम्रो होइन । विहान उठ्ने वित्तिकै जिउ तन्काउँदा दिनभरीलाई शरीरमा असर गर्छ । विहानमा विस्तारै उठ्नु र शरीरलाई धेरै बोझ नपार्नु राम्रो हुन्छ । केही बेरमा मात्र लामो स्वास तानेर जिउ तन्काउनु पर्छ ।

यो पनि पढ्नुहोस् ...  एचआइभी सङ्क्रमित बैदेशिक रोजगारीमा जानेहरु बढी, श्रीमान् पनि रहेनन्, सहारा पनि छैनन्

३. चिया नखानुस्
विहानको शुरुवात चिया खाएर गर्नु राम्रो होइन । खासमा चियामा रसायनको मात्रा बढी हुने हुँदा विहानै यस्तो रसायनयुक्त पदार्थ सेवन गर्नु राम्रो नभएको योगा विज्ञहरु बताउँछन् । बरु विहान उठ्ने वित्तिकै कागती हालेको पानी वा जुस पिउनु राम्रो मानिन्छ । चिया पिउने नै बानी छ भने ग्रिन टी पिउनु राम्रो ।

४. उठ्ने वित्तिकै फोन नहेर्नुस्
अधिकाँश मानिस उठ्ने वित्तिकै फोन र इमेल चेक गर्ने बानी हुन्छ । तर यो राम्रो होइन । विहान उठ्नै वित्तिकै समस्याबारे चिन्तित हुँदा दिनभरीको मुड नै विग्रिने डर हुन्छ । इमेल कार्यालय पुगेपछि मात्र चेक गर्नुस् । बरु विहान उठ्ने वित्तीकै फोन वा इमेल चेक गर्नुको साटो केही पढ्नु वा ध्यान गर्नु उपयुक्त हुन्छ ।

यो पनि पढ्नुहोस् ...  गाउँपालिकाले छोरी जन्मे २० वर्षसम्म मासिक १ सय

५. ब्रेकफाष्ट सँधै खानुस्
कतिपय मानिसहरु विहानै देखि मुडअफ हुने र विहानको खाजा नखाने गल्ती गर्छन् । तर त्यस्तो बानी राम्रो होइन । विहानको खाजा नखाँदा मोटो पन बढ्ने, मधुमेह र कमजोरी बढ्ने हुन्छ । विहानको खाँजा राम्रो खाएमा दिनभरीका लागि शरीर नै स्फुर्त हुने विज्ञहरु बताउँछन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार