१७ कार्तिक २०७७, सोमबार

सप्तरीमा सडक दुर्घटना, थप एकसहित दुईको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार समाचार
2.3kViews
1999 Shares

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो ।

यो पनि पढ्नुहोस् ...  कुकुरलाई भिरबाट खसालेर हत्या गरी टिकटक बनाएको आरोपमा एक पक्राउ

यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मुिखयाको भारदहस्थित अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । त्यस्तै, सोही दुर्घटनामा परी घाइते भएका छ जनामध्ये तीन जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य तीन जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  अब एकता सुदृढ नभए देश सफल नहुने : प्रचण्ड

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार