१७ कार्तिक २०७७, सोमबार

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
2.5kViews
1588 Shares

बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् ...  बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, ६ हजारभन्दा बढीको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् ...  कोभिड–१९ को जोखिमका बीच अधिवेशन हिउँदे गर्नुपर्ने बाध्यता, स्वास्थ्य मापदण्ड चुनौती

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  आयल निगम र हवाई ईन्धन डिपोका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार