१७ कार्तिक २०७७, सोमबार

तपाईंको आज सोमवारको दिन कस्तो रहन्छ- राशिफल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार आजको राशिफल
2.4kViews
1995 Shares

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै बभएनि सामान खरीद गरीनेछ, तर खनपीन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभपनि हुने देखिन्छ ।

यो पनि पढ्नुहोस् ...  तपाईंको आईतबारको दिन कस्तो रहनेछ-राशिफल

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठ–मन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

यो पनि पढ्नुहोस् ...  तपाईंको आज आइतवारको दिन कस्तो रहन्छ-राशिफल

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोगपनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

यो पनि पढ्नुहोस् ...  तपाईंको आज आइतबारको दिन कस्तो रहन्छ-राशिफल

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार