१६ कार्तिक २०७७, आईतवार

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन, बेलैमा सोचौं : प्रवक्ता श्रेष्ठ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार
3.2kViews
1018 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चल्दै गएको आन्तरिक विबादकाबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।

पछिल्ला केही समयदेखि चल्दै आएको आन्तरिक खिचातानीपछि शनिबार अध्यक्षद्वयबीच भएको छलफलमा ओलीको ‘सरप्राइज’ प्रस्तावले राजनीति तरंगित भएको छ । आइतबार खुमलटारमा आफूनिकट नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले गरेको ब्रिफिङपछि तरंगित राजनीतिलाई मध्यनजर गर्दै प्रवक्ता श्रेष्ठले सार्वजनिक अपिल गरेका हुन ।

यो पनि पढ्नुहोस् ...  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनमा ल्याउने

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत, पसिना लगाएर हासिल गरिएको हो। यसको बिफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन ।’

पार्टी एकताको पक्षमा उभिनपर्ने तर्क गर्दै श्रेष्ठले अघि भनेका छन्, ‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशविरूद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाउँबाट एकताको रक्षा निम्ति सक्रिय पहल गरौं। पार्टीको बैठक बसौं र सबै पक्षका बारेमा खुला छलफल गरौं ।’

यो पनि पढ्नुहोस् ...  कोरोनाको जोखिम : नेपालमा संक्रमितहरुको पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा लक्षण देखिएन

उनले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको बताएका छन्। यद्यपी अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखा परिनसकेको उनको भनाइ छ ।

पार्टी एकताको रक्षा निम्ति सबैबाट एउटै कुरामा इमानदार प्रतिवद्धता भए पुग्ने भन्दै उनले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस् ...  हेलचेक्य्राइँले कोरोनाको जोखिम बढ्यो

‘व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं’ उनले भनेका छन्, ‘जान–अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिको चाहना पूरा गर्ने कार्य कसैबाट नओस् । सबैले समयमै सोचौं ।’

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार