१६ कार्तिक २०७७, आईतवार

लमजुङका कालिका सहकारीको डेढ लाख लुट

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार
2.0kViews
1839 Shares

लमजुङ । बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा आज लुटिएको छ । बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेको सहकारीका कर्मचारी शान्ति अछामीका साथमा रहेको झोला खोसेर चोरले लुटेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पुरा

चिती र उदिपुर कार्यक्षेत्र रहेको सहकारीका कर्मचारी एक्लै आएको मौका छोपी मस्र्याङ्दी नदी झोलुङ्गे पुलमा झोला खोसेर एक पुरुष फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ॐप्रकाश पुनले बताउनुभयो । कालो कपडा र कालो मास्क लगाएर आएका एक पुरुष झोलामा रहेको पैसा, मोबाइल, सहकारीको कलेक्सन लिष्ट सबै लुटपाट गरेर फरार रहेको र प्रहरीले खोजी तीव्र बनाएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  खैरहनीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

सहकारीका प्रमुख कार्यकारिणी अधिकृत देवराज खनियाँले सोमबार प्रत्येक पसल तथा घरघरमा गएर पासबुकका आधारमा लुटिएको यकिन रकम खुले पनि अन्दाजी रु डेढ लाख लुटिएको हुन सक्ने जानकारी दिनुभयो । लुटेराले कर्मचारी अछामीलाई लछारपछार गर्दा देब्रे खुट्टा मर्किएको सहकारीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  भारतमा शक्तिशाली भूकम्प

अछामीको कार्यक्षेत्रमा एक सय जना जति सहकारीका सदस्य रहेको जनाइएको छ । सहकारी सदस्यबाट उठाएका रकम लुटिँदा चिन्तित भए पनि सहकारीका तर्फबाट कुन सदस्यको कति पैसा जम्मा भएको थियो हेरी खातामा जम्मा गरिदिने खनियाँले बताउनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार