मन्त्री श्रेष्ठद्वारा निर्माणाधीन संसद भवन र आवास गृहको अवलोकन

उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार बागमती

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद भवन र ललितपुरको भैँसेपाटीमा निर्माण भइरहेको सङ्घीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको आज अवलोकन गर्नुभएको छ । मन्त्रालयअन्तर्गतका गौरवका आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठ आज ती स्थानमा पुग्नुभएको हो ।

सो अवसरमा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै भन्नुभयो, “गुणस्तरमा कुनै कमीकमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण होस् । सरकारले आवश्यक जस्तोसुकै सहयोग गर्नेछ ।”

सङ्घीय संसद भवन आयोजनाका प्रमुख प्रकृण तुलाधरले कोभिड १९ को सङ्क्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताउनुभयो । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै सम्झौता नहुनेगरी योजना अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसदको अन्तिम अधिवेशन बस्न मिल्नेगरी काम गर्न ठेकेदार कम्पनीलाई उहाँले आग्रह गर्नुभयो ।
सिंहदरबारको पुतलीबगैँचामा एक सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधिसभा, राष्ट्रियसभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।
भवनको गत २०७६ असोज १ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको थियो । चालु आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भएपनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको परियोजनाको अवधि २०७९ असोज १५ सम्म छ ।

भैँसेपाटीस्थित आवासगृहको गत कातिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्ने गरी कामा भइरहेको छ । निवासको लागत रु ७२ करोड ४७ लाख छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार