तीनकुनेबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार

काठमाडौँ । सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, चौतारा घर भई भक्तपुर कौशलटार बस्ने ४५ वर्षीय हरिबहादुर श्रेष्ठ छन् ।

उनीविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०६१ मा सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए । खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई आज १६ वर्षपछि पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि उनलाई आजै सिन्धुपाल्चोक पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार