१६ कार्तिक २०७७, आईतवार

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सभाहलको निरीक्षण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार ३ नं. प्रदेश
2.1kViews
1085 Shares

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन सभाहलको निरीक्षण गर्नुभएको छ ।
प्रधानमन्त्री ओली हलको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुग्नुभएको थियो ।
अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपुर्ण कार्यक्रम यही हलमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  कोरोनाको त्रास : गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्छ : मुख्यमन्त्री पौडेल

मन्त्री श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिनुभएको थियो । आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उहाँले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  वाग्मती सफाइ महाअभियान : ४००औँ हप्तालाई विशेष बनाइने

विसं २०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो हल केसी–समानान्तर जेभिले रु ५८ करोड २४ लाखमा ठेक्का पाएको हो । विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति र्भसकेको जानकारी गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  सिन्धुपाल्चोकमा जारी लकडाउनलाई निरन्तरता दिने

अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, सङ्घीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार