१६ कार्तिक २०७७, आईतवार

वाग्मती प्रदेश प्रमुख कोरोनामुक्त , मुख्यमन्त्री पौडेल फिर्ता

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार कोरोना [Covid-19] विशेष
2.6kViews
1759 Shares

हेटौंडा । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँ कोरोनामुक्त हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएर यही कात्तिक १२ गतेदेखि झापास्थित निजी निवासमा आइसोलेशनमा रहनुभएका प्रसाईँको आज भएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  मालिका -८ को क्वारेन्टाइनमा रहेका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

यसैबीच कोरोनालाई पराजित गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज घर फर्कनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालले डिस्चार्ज गरेपछि मुख्यमन्त्री पौडेल काठमाडौँको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा फर्कनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  मात्र ५ दिनको लागि बनेका थिए मुख्यमन्त्री, डाक्टरले पनि बचाउन सकेनन्, कोरोना लियो ज्यान 

दाहालका अनुसार उहाँको स्वास्थ्यावस्था सामान्य छ । “केहीदिन सेल्फ आइसोलेशनमा बसेर मुख्यमन्त्रीज्यू प्रदेश राजधानी फर्कनुहुन्छ”, दाहालले भन्नुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार