१६ कार्तिक २०७७, आईतवार

अदालतको फैसला उंलघन गरेको आरोपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्री विरुद्ध ‘अवहेलना मुद्धा’ दर्ता

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार
2.7kViews
1925 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अवहेलना मुद्धा’ दर्ता भएको छ ।

महामारीको रुपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंकामा परीक्षण र संक्रमितको उपचार निःशुल्क हुनुपर्ने भनी अदालतले गरेको फैसला उलंघन गरेको आरोपमा उनीहरुविरुद्ध मुद्धा दर्ता भएको हो ।

यो पनि पढ्नुहोस् ...  बिआरआई अन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको छ : अध्यक्ष तिमिल्सिना

गत असोज २७ गते सर्वोच्च अदालतले कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो । त्यही विषयमा निवेदन दिने दुई कानुन व्यवसायीहरु आइतबार सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका हुन् ।

यो पनि पढ्नुहोस् ...  त्रिविले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी

अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका हुन् ।

दसैं बिदाका कारण १५ दिनदेखि बन्द भएको अदालत आज (आइतबार)बाट खुलेपछि मुद्धा दर्ता भएको हो ।

यो पनि पढ्नुहोस् ...  महानगरपालिकाले गरे आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार