१६ कार्तिक २०७७, आईतवार

पार्टी एकता गम्भीर संकटको मोडमा आइपुग्यो : महासचिव पौडेल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार BOX NEWS
2.8kViews
1786 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको टिप्पणी गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेलामा अर्थमन्त्री समेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् ।

पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको भन्दै भनेका छन्,‘‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

यो पनि पढ्नुहोस् ...  अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेको समेत औँल्याए ।

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधका कारण पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने बताउँदै भनेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्रीको प्रश्न : कसैले बाटोमा हिँड्दाहिँड्दै बैठक बसौं भनेर बसिन्छ ?

पौडेलले जुन उद्देश्यसहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएको थियो सोबमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको जनाएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार