१६ कार्तिक २०७७, आईतवार

कोरोनाबाट पुरानो मेडिकल कलेजमा उपचाररत गोरखाका वृद्धको मृत्‍यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार कोरोना [Covid-19] विशेष
1.8kViews
1279 Shares

काठमाडौँ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उहाँमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  दाङमा एउटै परिवारका ८ जनामा कोरोना संक्रमण

निःशुल्क आकस्मिक सेवा शुरु

भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको पत्रअनुसार अस्पतालले आजदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार, भरतपुर अस्पताल विकास समितिको कात्तिक ५ गते सम्पन्न बैठकले आजदेखि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा दिने निर्णय गरेको थियो । आकस्मिक उपचार सेवा लिन आउँदा उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही पनि नभएका सेवाग्राहीहरु, तेस्रो व्यक्तिले ल्याएका सेवाग्राही वा बेवारिसे यो सेवाले लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक नागरिक, विपन्न नागरिक सिफारिस पत्रवाहक नागरिक सबैलाई समेट्ने छ ।

यो पनि पढ्नुहोस् ...  रुकुम पूर्वमा पहिलोपटक संक्रमित भेटिए, दाङमा १५ जना थपिए, जम्मा संक्रमित ८७०

प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवाअन्तर्गत आकस्मिक घटना वा आपत्कालीन अवस्थामा बिरामीको जीवन वा अङ्ग जोखिममुक्त गरी बिरामीलाई स्थिर बनाउन, तत्काल दिनुपर्ने अत्यावश्यक औषधि, उपचार र निदानात्मक सेवा निःशुल्क प्रदान गरिने छ । मौलिक हक र कर्तव्यअन्तर्गत स्वास्थ्यसम्बन्धी हकले प्रत्याभूत गरेको आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन भन्ने संवैधानिक व्यवस्थालाई जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४ बमोजिम र सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी गरिब तथा विपन्न वर्गलाई अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमण मुक्त भएका ५ जिल्ला कुन - कुन हुन ?

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार