नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन

उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ । नियोगले नेपालको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal Democratic Republic Of Nepal प्रयोग गर्दै आइरहेका थिए । मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । State को सट्टा Province, Village Body को सट्टा Rural Municipality प्रयोग गर्न भनिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार